Section 9
इजाजतपत्र सम्बन्धी व्यवस्था
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम इजाजतपत्र नलिई कसैले पनि अन्त:शुल्क लाग्ने वस्तु ०उत्पादन निकासी, पैठारी, बिक्री वा सञ्चय गर्न वा अन्त:शुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न, हुँदैन ।
तर नेपाल सरकार परराष्ट्र मन्त्रालयको सिफारिसमा कूटनीतिक सुविधा अन्तर्गत अन्त:शुल्क लाग्ने वस्तुको पैठारी गर्दा र स्वयम निष्काशन प्रणाली अन्तर्गतका वस्तुहरुको बिक्री वा सञ्चय गर्न अन्त:शुल्क इजाजतपत्र लिनुपर्ने छैन ।
(२) उपदफा (१) बमोजिमको इजाजतपत्र लिन चाहने व्यक्ति फर्म कम्पनी वा संस्थाले तोकिए बमोजिमको ढाँचामा तोकिएको दस्तुर संलग्न गरी अन्त:शुल्क अधिकृत समक्ष इजाजतपत्रको लागि निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम अन्त:शुल्क अधिकृत समक्ष इजाजतपत्रको लागि निवेदन परेमा त्यस्तो निवेदन उपर आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा तोकिए बमोजिमको ढाँचामा विभाग बा विभागले तोकेको अन्त:शुल्क अधिकृतले इजाजतपत्र दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको इजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ ।
(५) इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले उपदफा
(४) बमोजिमको अवधि समाप्त भएपछि तोकिए बमोजिमको दस्तुर दाखिला गरी श्रावण महिनाभित्र नवीकरण गराउनु पर्नेछ ।
तर,
(क) कुनै इजाजतपत्रवालाले चाहेमा तीन आर्थिक वर्षका लागि एकैपटंक नवीकरण दस्तुर दाखिला गरी नवीकरण गराउन सक्नेछ ।
(ख) बिंडी सूर्ती खैनी पानमसला गुट्खा उत्पादन खाडसारी उद्योग तथा खुदो र गुड पैठारी गर्ने इजाजतपत्रवालाले तोकिए बमोजिमको नवीकरण दस्तुर दाखिला गरी नवीकरण गराउनु पर्नेछ ।
(ग) स्वयं निष्कासन प्रणाली लागू हुने सुर्तीजन्य वस्तु बाहेकका अन्य वस्तुको लागि दिइएको इजाजतपत्र नवीकरण गर्नुपर्ने छैन।
(६) उपदफा (५) बमोजिमको अवधिभित्र नवीकरण नगराउने उत्पादन र पैठारी गर्ने बाहेकका इजाजतपत्रवालाले इजाजतपत्र नवीकरण गराउन त्यस्तो अवधि नाघेको पहिलो तीन महिनाभित्र नवीकरण दस्तुरको पच्चीस प्रतिशत त्यसपछिको तीन महिनाभित्र पचास प्रतिशत त्यसपछिको तीन महिनाभित्र पचहत्तर प्रतिशत र त्यसपछि असार मसान्तसम्मको अवधिको लागि शतप्रतिशत जरिवाना बुझाउनु पर्नेछ ।
(६क) उपदफा (५) बमोजिमको अवधिभित्र नवीकरण नगराउने उत्पादन र पैठारी गर्ने इजाजतपत्रवालाले नवीकरण गराउन त्यस्तो अवधि नाघेको पहिलो तीन महिनाभित्र नवीकरण दस्तुरको पचास प्रतिशत र त्यसपछिको तीन महिनाभित्र शतप्रतिशत जरिबाना बुझाउनु पर्नेछ ।
(६ख) उपदफा (५) वा (६) बमोजिम तोकिएको अवधिभित्र नवीकरण नगराउने इजाजतपत्रवालाको इजाजतपत्र स्वतः खारेज हुनेछ।
(७) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको इजाजतपत्र नलिई कारोबार गरेकोमा इजाजतपत्र बापत र त्यसको नवीकरण बापत लाग्ने दस्तुरबाट उन्मुक्ति पाउने छैन ।